भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर बिभिन्न पर्यटकीय स्थल लगायत प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण छ । त्यसमा पनि मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई समेत मोहित पार्ने गर्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम देन नै हो भन्दा फरक नपर्ला ।

सदरमुकामदेखि ८ कोषको दुरीमा समुन्द्र सतहदेखि ३ हार ३ सय ३३ मिटरको उचाईमा रहेको सो डाँडा भोजपुर र खोटाङ जिल्लाको सिमनामा रहेको छ । यी दुवै जिल्लाको मानव सभ्यताको स्रोत भोजपुरको पिखुवा र खोटाङको रावा खोलाको शिर समेत यसै क्षेत्रमा पर्दछ । यो क्षेत्र पर्यटकीय गनतब्य समेत हो । यहि क्षेत्रको पर्यटकीय सम्भावनालाइ मध्यनजर गरी यहि आगामी बैशाख १ गतेदेखि ३ गतेसम्म मैयुङ हाँस पोखरी महोत्सब समेत आयोजना गरिएको छ ।

तिम्मा सरोकार समाज काठमाण्डौ र तिम्मा सरोकार समाज पुर्वाञ्चलले आयोजना गरेको महोत्सबमा तिम्मा गाविस,किमालुङ गाबिस,दोभाने गाबिस,फेदी गाबिस,बासपानी गाबिस,खार्ताम्छा गाबिस,उद्योग बाणिज्य संघ भोजपुर,जिल्ला बिकास समिति भोजपुर र टुरिजम बोर्ड सहआयोजक रहेका छन ।

मैयुङ डाँडाको प्रचारप्रसार,साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण लगायतका उद्धेश्य सहित आयोजना हुन लागेको महोत्सबमा २ हजार ९ सय मीटरमा रहेको हाँस पोखरी,पिखुवा खोलाको शिरमा रहेको पानीको फोहरा,मावि पोखरी,जलजले,मात्तिम डाँडा,पखुवा भञ्ज्याङ,लौरे डाँडा महोत्सबका मुख्य आकर्षणहरु रहेका छन ।

महोत्सवमा ५० लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सव अन्र्तगत पहिलो दिन उदघाटन,मैयुङ डाँडामा पैदल यात्रा दृश्यावलोकन,साँस्कृतिक झाँकी,राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति,दोस्रो दिन खेलकुद प्रतियोगिताहरु आयोजना गरिने आयोजक तिम्मा सरोकार समाज पुर्वाञ्चलका सचिब सुदीप राईले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!