धनकुटा । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएको खुसीयालीमा अनेरास्ववियुले बिहीवार धनकुटामा बिजय जुलुश निकालेको छ । स्थानीय मदनचौकबाट सुरु भएको जुलुशले हुलाकटोल, वीचबजार, भीमनारायण चौक, माथ्लोकोप्चे, तल्लोकोप्चे लगायत स्थानको परिक्रमा गरेको थियो ।
ब्यानर, झण्डा र टाउँकामा अनेरास्वबियु लेखिएको फेटा लगाएर संगठनको पक्षमा नारा लगाउँदै बिद्यार्थीहरुले बजार परिक्रमा गरेका हुन । स्ववियु निर्वाचनमा बिजयी धनकुटाका तीनवटै क्याम्पसका बिजयी टोली पनि जुलुशमा सहभागि थिए । बजार परिक्रमा पश्चात मदनचौकमा आएर सभा गरिएको थियो ।

सभालाई संबोधन गर्दै एमाले उप–सचिव निरन राई, अनेरास्ववियुका केन्द्रिय सदस्य नारायण घिमिरे, युवा संघका अध्यक्ष केशर तुम्सा, अनेरास्ववियुका जिल्ला सचिव अंकित थापा, अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष नवराज घिमिरे लगायतले बिद्यार्थीको पक्षमा सधै क्रियासिल रहेकाले देशभरनै अनेरास्ववियु बिजयी हुने लहर चलेको बताएका छन ।
त्यस्तै जीतपुर क्याम्पसका नव निर्वाचित स्ववियु अध्यक्ष प्रतिमा श्रेष्ठ, जाल्पादेवी क्याम्पस पाख्रीवासका सावीत्रा घिमिरे र हिले क्याम्पसका नव निर्वाचित स्ववियु अध्यक्ष नइन्द्र बहादुर राईले बिद्यार्थीको हकहितका लागि सदै क्रियासिल रहने प्रतिवद्धता जनाएका छन ।















