सप्तरी । नेकपा एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित भएको छ ।

Advertisement

सप्तरी घटनापछि एमालेले मेची-महाकाली अभियान तीन दिनका लागि रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको छ ।

लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।

रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरु सहभागी भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!