भेडेटारको पाथिभरा बनमा भीषण डढेलो
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन ।
डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भ...































