गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले नगरक्षेत्रका ५ सय ३४ परिवारलाई राहत वितरण गरेको छ । अझै वितरणको क्रम चलिरहेको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण दुई छाक टार्न समस्या बेहोर्दै आएका अति विपन्न सुकुम्वासी, दैनिक ज्यालादारी मजदुर र स्रोतबिहिनहरुलाई राहत वितरण गरिएको हो ।

Advertisement

पहिलो चरणमा वडा नं. ३ का २७, ४ का ५०, ६ का २ सय ७, ७ का १ सय ५८ र ९ का ९२ परिवारलाई राहत वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी डम्बर रोगुले संगालोखबरलाई जानकारी दिए । प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र हात धुने एउटा सावुन वितरण गरिएको छ ।

नगर प्रमुख चिन्तन तामाङ, उप–प्रमुख शकुन्तला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापासहित वडाध्यक्षहरु लगायतले ५ वटा वडाका झण्डै ५० ठाउँमा पुगेर राहत बाढेका थिए । वितरण गरिएका वडाहरुमा अझै २ सय ४० परिवारलाई राहत बाढ्न वाँकी छ । करिव १ हजार ५ सय परिवारलाई राहत बाढ्ने तथ्यांक संकलन गरेको नगरले बाँकी वडाहरुमा तीन दिन भित्र राहत वितरण गरिसक्ने योजना बनाएको छ ।

कसरी छानियो राहत पाउँनेको विवरण ?

मंगलबार बसेको नगरको आकस्मिक बैठकले राहत वितरण गर्ने निर्णय गरेपछि राहत वितरण प्रकृया अघि बढ्यो । वडाध्यक्षको अध्यक्षमा १० वटै वडामा गठित कोरोना संक्रमण प्रतिकात्मक समितिले टोलबस्ती संगठनसँगको समन्वयमा राहत वितरण गर्नुपर्ने अवस्थाका परिवारको विवरण संकलन गरेर नगरमा पठायो ।

नगरमा नगर प्रमुखको संयोजकत्वमा उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेको प्रमाणिकरण समिति बनाइएको थियो । वडाबाट आएको नामलाई प्रमाणिकरण समितिले प्रमाणित गरेपछि राहत वितरण गरिएको हो ।

छोटो अवधिमा विवरण संकलन गरेर राहत वितरण गरिएकाले विपन्न सुकुम्वासी, दैनिक ज्यालादारी मजदुर र स्रोतबिहिन कोहि छुटेर गुनासो गरेमा उनीहरुको बिषयमा पनि पुर्नबिचार गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए ।

थप तस्वीरहरु…

यो पनि पढ्नुहोस्…

धनकुटा नगरपालिकाले राहत बाढ्ने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!