संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले लकडाउन प्रभावित अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । ९ वटै वडामा रहेका प्रभावितहरुको विवरण संकलन गरेर राहत वितरणको क्रम चलिरहेको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

Advertisement

शुक्रबारबाट राहत वितरण थालेर आइतबारसम्म ५ सय भन्दा बढी अतिबिपन्न, असहाय र ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराइएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘पहिलो चरणमा करिव १० दिनलाई खान पुग्नेगरी राहत बाढ्दै छौ ।’ मेयर नेपालले भने ‘संकटको अवस्था मुल्यांकन गरेर पुर्नबिचार गछौ ।’

चार जनासम्म सदस्य भएको परिवारलाई प्रति परिवार २० किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा सावुन प्रदान गरिएको छ । त्यस्तै चार भन्दा बढी सदस्य भएका परिवारलाई सामाग्री थप गरी प्रति परिवार ४० किलोसम्म चामल प्रदान गरिएको छ ।

हालसम्म महालक्ष्मी वडा नं.१ का ७४, २ का ६८, ३ का ८६, ४ का ७५, ६ का ८५, ७ का ४४, ८ का ४१ र ९ का ५४ परिवारलाई राहत वितरण भइसकेको नगरका सूचना अधिकारी खगेन्द्र नेपालले बताए । उनका अनुसार राहत वितरण गर्न वाँकी रहेको ५ नम्बर वडामा पनि अब वितरण गरिदैछ ।

विपतका बेला नगरपालिकाले राहत उपलब्ध गराउँदा केहि दिन भएपनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुःशी व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!