- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ स्थित पश्चिम कुसाहामा भीषण आगलागी भएको छ । सोमबार साँझ करिब ६ बजे सुरु भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लौकीले जनाएको छ ।

खाना पकाउँने क्रममा ग्यास सिलिण्डरबाट आगलागी सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थनीयवासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

आगो नियन्त्रणका लागि सदरमुकामबाट दमकल पठाइएको छ । यो समाचार तयार पर्दासम्म आगो नियन्त्रणको प्रयास जारी रहेकाले घटनाको विस्तृत विवरण आउँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!