धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् ।
धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाले म आफु चै धनकुटा आउँन पाईन् ।’ थापाले भने ‘मैले हेलिकप्टरमा आफै सामाग्री लोड गरेर हाम्रा प्रतिनिधिहरुमार्फत पठाएको छु ।’
थापाका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), पन्जा, सेनिटाइजर, सावुन लगायत सामाग्री पठाइएको छ । स्वास्थ्यकर्मीलाई मात्र नभई बिरामी बोक्ने एम्बुलेन्स चालकहरुका लागिसमेत पीपीई लगायतका स्वास्थ्य सामाग्री पठाईएको छ ।
जिल्लाभरका स्वास्थ्य सस्थाका लागि बेग्ला बेग्लै प्याकिङ्ग गरिएको उक्त सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई आजै हस्तान्तरण गरिदैछ ।
यो पनि हेर्नुहोस्..