- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले तलब भत्ता बापत पाउँने रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाममा सावधानी अपनाउँनका लागि जनप्रतिनिधिहरुले चैत महिनाको सम्पूर्ण सेवा सुविधा वापतको रकम कोषमा जम्मा गर्ने भएका हुन् ।

Advertisement

नगर प्रमुख, उप–प्रमुख, सम्पूर्ण वडाका अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले प्राप्त गर्ने रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘भैपरी आउँने विपतको सामना गर्न यसअघि नै विपत व्यवस्थापन कोष निर्माण गरेका थियौं ।’ मेयर नेपालले संगालोखबरसँग भने ‘यस्तो विपतका बेला नगरवासीलाई सहयोग पुर्याउँन रकम थप गर्न लागेका हौ ।’

कोषको रकमबाट तत्कालका लागि कोरोना भाइरस आशंका गरिएका र संक्रमित विरामीको उपचार, क्वारेनटाइन निर्माण, माक्स उत्पादन तथा वितरणसहित सावधानीका काममा खर्च गरिने मेयर नेपालले बताए । विपतका वेला नगरवासीलाई सहयोग गर्न नगरपालिकाले निर्माण गरेको यो कोषमा हालसम्म करिव १० लाख रकम छ । यसलाई कम्तिमा १५ लाख पुर्याएर नगरवासीलाई विपतका वेला थप सहयोग पुर्याउँने नगरपालिकाको लक्ष्य छ ।

विपतका वेला सहयोग गर्ने कोष भएकाले इच्छुक व्यक्तिलाई कोषमा रकम जम्मा गरेर सहयोग गर्न नगरपालिकाले आवहनसमेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!