- गोमा ढुंगाना/संगालोखबर
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । उद्योग बाणिज्य संघ धनकुटाले कोठामा बस्नेसँग भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष बिजय सन्तोषी राई र बरिष्ठ उपाध्यक्ष तारा तितुङले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर घर भाडा लगाउँदै आएका जिल्लाका घरधनीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभरनै लकडाउन गरिएको अवस्थामा आम्दानीको माध्यम ठप्प रहेकाले संकटका बेलामा भाडा नलिएर सहयोग गर्न संघले अपिल गरेको हो । त्यस्तै ऋणीहरुसँग व्याज नलिन पनि बैंक तथा बित्तिय सस्थालाई संघले अनुरोध गरेको छ ।

Advertisement

कोरोना संक्रमणबाट उत्पन्न परिस्थितीका कारण उद्योग धन्दा, व्यापार व्यावसाय ठप्प रहेकाले यस्तो बिपतका वेलामा एकले अर्कालाई सहयोग गर्न बिज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!