- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा आज दिउँसो माछा पोखरीमा स्थानीय युवकको शव फेला परेको छ । पोखरीमा डुबेको अवस्थामा स्थानीय २२ बर्षीय जीवन बि.क.को शव भेटिएको प्रहरीले जनाएको छ ।

दिउँसो करिब २ बजे आफ्नै घर नजिक रहेको माछा पोखरीमा उनी मृत भेटिएका हुन् । पोखरीमा शव देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली घटनास्थल पुगेर पोखरीबाट शव निकालेको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!