- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने ६ जनालाई प्रहरीले  बुधवार दिउँसो पक्राउ गरेको छ । जिल्ला सदरमुकामको सरस्वती चौक लगायत स्थानबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Advertisement

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाउँदै देशभर ‘लकडाउन’ गरेको छ भने धनकुटामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ‘लकडाउन’ र निषेधाज्ञा उल्लंघन गरेर बजारमा निश्किएकाले नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोइरालाले संगालोखबरलाई जानकारी दिए ।

यसैवीच धनकुटामा निषेधाज्ञा उल्लंघन गर्ने ९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । निषेधाज्ञा उल्लंघन गरेर कुदाएकाले २ वटा ट्रक र ७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए । पाख्रीवासमा ट्रक र हिलेमा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिएका अत्यावश्यक सवारी साधनबाहेकलाई सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाका कारण धनकुटामा सवारी साधन ठप्प छन् । अधिकांस मानिसहरु घर भित्रै बसेका छन् ।

निषेधाज्ञा कार्यान्वयनका लागि बजारमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाभर २ सय भन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!