पाख्रीवासकी अधिकारीको शव तमोर नदीमा फेला, सुसाइड नोट पनि भेटियो

पाख्रीवासकी अधिकारीको शव तमोर नदीमा फेला, सुसाइड नोट पनि भेटियो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-२ ओख्रेकी २१ बर्षीया सर्मिला अधिकारीको शव तमोर नदीमा फेला परेको छ । साँगुरीगढी गाउँपालिका–७ चनौती स्थित तमोर नदी किनारमा आईतबार दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ । उनी चार दिन अघिदेखि परिवारसँग सम्पर्कबिहिन थिईन् । नदी किनारमा तैरिरहेको अवस्थामा अधिकारीको शव भेटिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदर्शन कोईरालाले संगालोखबरलाई जानकारी दिए...
धनकुटामा बनाइयो क्वारेनटाइन र आइसोलेसन वार्ड

धनकुटामा बनाइयो क्वारेनटाइन र आइसोलेसन वार्ड

धनकुटा । विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि धनकुटामा क्वारेनटाइन र आइसोलेसन वार्ड बनाईएको छ । धनकुटा–६ स्थित औद्योगिक ग्राममा आईतबार ६० वटा क्वारेन्टाइन र १२ वटा आइसोलेन्स वार्ड स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सरोकारवालाको पहलमा डेक्स स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी ...
भेडेटारका लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

भेडेटारका लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउँने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका संचालक लावतीले क्वारेनटाइनका लागि होटलका पाँच वटा कोठा उपलब्ध गराउँने घोषणा गरेका हुन् । कोरोना भाईरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेका बेला सहयोग गर्नु मानवीय कर्तव्य भएकाले क्वारेनटाइनका लागि कोठा उपलब्ध गराउँने लावतीले बताए । ‘क्वारेनटा...
धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप

धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप

धनकुटा । समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष विकास घिमिरेलाई गलत प्रचार गरेको आरोप लागेको छ । धनकुटा नगरपालिका–९ का बिकाश रायाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष घिमिरेले आफ्नो बिषयमा सामाजिक सञ्जाल फेसवुकमा गलत प्रचार गरेको आरोप लगाएका हुन् । घिमिरेले केहि दिन अघि समाजवादी पार्टीको बिसु अभियानमा वडा नं.९ को संयोजक चयन भएको भन्दै रायलाई फेसवुक मार्फत बधाई दिएका थिए । नेकपा निकट बताउँन...
भोजपुरमा चट्याङ लागेर महिलाको मृत्यु

भोजपुरमा चट्याङ लागेर महिलाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ट्याम्केमैयुम–३ गिरी टोलकी ५७ बर्षीया दुर्गामाया गिरी छन् । शुक्रबार अपरान्ह पौने ४ बजे आफ्नै घरमा बसिरहेका बेला उनलाई चट्याङ लागेको हो । चट्याङ लागेर गंभीर घाईते भएकी गिरीलाई उपचारका लागि जिल्ला अस्पताल पुयाईएको थियो । उपचारकै क्रममा साँझ करिव ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उदयपुरमा एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

उदयपुरमा एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । सडक छेउमा बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिदा त्रियुगा–९ झिल्के चोकका ६२ बर्षीय तिलक दनुवार र १४ बर्षीय रोशन दनुवारको मृत्यु भएको हो । शुक्रबार साँझ करिव ६ बजे चुहाडेबाट गाईघाट जाँदै गरेको स.१ झ.४७७ नम्बरको एम्बुलेन्सले झिल्के चोक नजिक सडक छेउमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्...
महालक्ष्मीमा माटो परिक्षण शिविर, पहिलो दिन २ सय कृषकका खेतबारीको माटो जाँच

महालक्ष्मीमा माटो परिक्षण शिविर, पहिलो दिन २ सय कृषकका खेतबारीको माटो जाँच

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबारबाट माटो परिक्षण शिविर सुरु भएको छ । सुनसरीको झुम्का स्थित माटो तथा मल परिक्षण प्रयोगशालाको प्राबिधिक सहयोगमा महालक्ष्मी नगरपालिकाले माटो परिक्षण सम्बन्धि तीन दिने शिविर आयोजना गरेको हो । नगरक्षेत्रका कृषकलाई माटो अनुसारको बाली, फलफुल तथा बिरुवा लगाउँन प्रोत्साहन गर्दै उत्पादन बृद्धि गराउँनका लागि शिविर आयोजना गरिएको महालक्ष्मी नगरपालिकाका मेयर प...
धनकुटाका सबै हाट बजार बन्द गरिने, भेडेटारमा कोरोना हेल्प डेक्स राखिने

धनकुटाका सबै हाट बजार बन्द गरिने, भेडेटारमा कोरोना हेल्प डेक्स राखिने

धनकुटा । कोरोना भाइरस संक्रमण रोकथामका लागि धनकुटाका सवै हाट बजार बन्द गरिने भएको छ । शुक्रबार भएको सर्वपक्षिय भेलाले जिल्लामा लाग्दै आएका सम्पूर्ण हाट बजार बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा भएको भेलाले जिल्लाको दक्षिण तर्फको प्रमुख नाका भेडेटारमा स्वास्थ्य परिक्षण डेक्स (हेल्प डेक्स) स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्लाका सात वटै स्थानी...
पथरीशनिश्चरेमा बत्ति मर्मत गर्दा करेन्ट लागेर मृत्यु

पथरीशनिश्चरेमा बत्ति मर्मत गर्दा करेन्ट लागेर मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरेमा गएराती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भान्सा कोठामा बत्ति मर्मत गर्ने क्रममा करेन्ट लाग्दा पथरीशनिश्चरे–६ शान्ति चोकका ३९ बर्षीय मन बहादुर वि.क. को मृत्यु भएको हो । भान्साघरमा बिजुली बत्ति बिग्रिएपछि मर्मत गर्ने क्रममा राती करिव साँढे ८ बजे करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी

नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ हाजिरी

बिराटनगर । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले औठा छाप लगाउँनुपर्ने हुँँनाले संक्रमण फैलनसक्न...
समाचार संकलनमा खट्ने पत्रकारलाई कोरोनाबाट जोगाउँँन सुरक्षा सामाग्री माग

समाचार संकलनमा खट्ने पत्रकारलाई कोरोनाबाट जोगाउँँन सुरक्षा सामाग्री माग

बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङले समाचार संकलनमा खटिने पत्रकारलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँँन सरकारसँग सुरक्षा सामाग्री माग गरेको छ । महासंघको आज बसेको १५ औं पूर्ण बैठकले पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउँन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको विपद् व्यवस्थापन समिति समक्ष माग गरेको हो । ‘कोरोना भाइरसको उच्च जोखिममा नेपाल र मोरङ बिराटनगर पनि रहेकाले समाचार...
धरानमा पुजा गर्ने क्रममा जलेर बृद्धाको मृत्यु

धरानमा पुजा गर्ने क्रममा जलेर बृद्धाको मृत्यु

धरान । सुनसरीको धरानमा आज बिहान पुजा गर्ने क्रममा शरिरमा आगो सल्किएर जल्दा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान उपमहानगरपालिका–१६ की ९० बर्षीया आशादेवी राना छन् । बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा बृद्धाको कपडामा आगो सल्किएको हो । शरिरमा सल्किएको आगो निभाउँन नसक्दा उनको शरिरका बिभिन्न माग जलेको थियो । जलेर गंभीर घाईते भएकी रानालाई उपचारका लागि तत्काल धरान...
परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

धनकुटा । बिहिबारदेखि सुरु हुँन लागेको एसईई परीक्षा अन्तिम दिनमा आएर स्थगित गरिदा बिद्यार्थीहरु मारमा परेका छन् । एसईई स्थगित गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् । संगालोखबरले सामाजिक सञ्जाल फेसबुकमा ‘परीक्षाको अघिल्लो दिन एसईई स्थगित गरिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने अधिकांसले निर्णयको विपक्षमा धारणा राखेका छन् । कोरोनाको संक्रमण विश्वभर ...
झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा–४ का १७ बर्षीय मन कुमार थापा छन् । बिहान करिव १० बजे बिरिङ खोला तर्फ जाँदै गरेको मे.१ त.४९११ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको हो । ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । ठक्कर दिने...
बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगर । प्रदेश नं. १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएर आएका प्रमुख सचिव दिनेश भट्टराईसँग उद्योगीहरुले भेटघाट गरेका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख सचिव भट्टराईलाई स्वागत गर्दै उद्योग संगठन मोरङले भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख सचिव भट्टराईले उद्योगका समस्याप्रति जानकार रहेको भन्दै ऐन, कानुनले तोकेको परिधिलाई ध्यानमा राखी उद्योगी व्यावसा...
धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका शिक्षक कैलाश ढुङ्गानाले छोराको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । छोरा कल्पितको पहिलो जन्मोत्सवमा ढुङ्गानाले चौबिसे–२ सिन्धसार स्थित धारापानी आधारभूत विद्यालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सोहि विद्यालयका प्रधानाध्यापकसमेत रहेका ढुङ्गानाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार मगरलाई रकम हस्तान्तरण गरे । ज...
धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम गर्न धनकुटा बहुमुखी क्याम्पसले विद्युतीय हाजिरी स्थगित गरेको छ । विद्युतीय हाजिरीको माध्यमबाट भाइरसको संक्रमण बढ्न सक्ने जोखिम रहेकाले अर्को सुचना नभएसम्मका लागि आजदेखि विद्युतीय हाजिरी स्थगित गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । क्याम्पसले सुचना जारी गरी हाजिरी पुस्तिकामा हाजिर गर्न प्राध्यापक, कर्मचारीहर...
झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि उनलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस ग...
कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणमा सावधानी अपनाउँन धनकुटा सदरमुकामको गोकुण्डेश्वर माध्यमिक बिद्यालयले बिधुतीय हाजिरी बन्द गरेको छ । कोरोनाको संक्रमण फैलन सक्ने माध्यम भएकाले सतर्कता अपनाउँदै बिधुतीय हाजिरी बन्द गरिएको हो । कोरोनाको संक्रमण रोकथाम नहुँदासम्मका लागि बिधुतीय हाजिरी बन्द गरिएको बिद्यालयका प्रद्यानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए । ‘सवै शिक्...
तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीबाट बेपत्ता भएका युवकको शव छ दिनपछि आज फेला परेको छ । मुलघाट स्थित तमोर किनारमा फोटो खिच्ने क्रममा गत शनिवार नदीमा बगेर बेपत्ता भएका भारतको पुर्णियाका भिनित शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । शहिदभूमी गाउँपालिका–१ गोपालपुर स्थित तमोर नदी किनारमा दिउँसो करिव १२ बजे उनको शव भेटिएको धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले संगालोखबरलाई जानकारी दिए । प्रह...
बराहक्षेत्रमा टिपरको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

बराहक्षेत्रमा टिपरको ठक्करबाट ५ बर्षे बालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्रमा टिपरको ठक्करबाट घाईते भएका एक बालकको आज बिहान मृत्यु भएको छ । ठक्करबाट बराहक्षेत्र–५ का मन्जु राजधामीका ५ बर्षीय छोरा सुजन राजधामीको मृत्यु भएको हो । नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को.१ ख.५७६५ नम्बरको टिपरले हिजो बेलुका सवा ६ बजे राजधामी चौकमा बाटो काट्दै गरेका सुजनलाई ठक्कर दिएको थियो । ठक्करबाट गंभीर घाईते भएका उनलाई थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा...
मोरङको सुनवर्षीबाट कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

मोरङको सुनवर्षीबाट कटुवा पेस्तोलसहित ३ भारतीय पक्राउ

मोरङ । मोरङको सुनवर्षी–८ हर्चनगढीबाट हतियारसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया धर्मगंज पंचायत पलासी थाना डकैताका २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह छन् । गएराती करिव ८ बजे हर्चनगढीको एक घरमा मादक पदार्थ सेवन गरेर बसिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरा...
प्रदेश १ बाट ८४ हजार विद्यार्थी एसईईमा सामेल हुने, परिक्षामा ८ हजार कर्मचारी खटाईदै

प्रदेश १ बाट ८४ हजार विद्यार्थी एसईईमा सामेल हुने, परिक्षामा ८ हजार कर्मचारी खटाईदै

धनकुटा । आगामी चैत ६ गतेबाट सञ्चालन हुँन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा प्रदेश नम्बर १ बाट ८४ हजार १ सय ६ जना बिद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका १४ जिल्लाबाट साधारणतर्फ ७९ हजार ७ सय २६, प्राविधिकतर्फ १ हजार ७ सय ५५ र ग्रेटबृद्धितर्फ २ हजार ६ सय २५ परिक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी मोरङबाट १८ हजार ८ सय २१ विद्यार्थी र सबै...
मोरङमा अपहरणको नाटक गरी आफ्नै बाबुसँग छोराले मागे फिरौती, छोरासहित दुई पक्राउ

मोरङमा अपहरणको नाटक गरी आफ्नै बाबुसँग छोराले मागे फिरौती, छोरासहित दुई पक्राउ

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवकले आफु अपहरणमा परेको नाटक गरेर आफ्नै बाबुसँग फिरौती रकम लिएको रहस्य खुलेको छ । फिरौती रकम लिने बुढीगंगा–३ का २४ बर्षीय मुकेश कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । महतो र उनको घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । फागुन २३ गते घरबाट निस्किए...
धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस

धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस

धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मंगलबार मृत्यु भएको छ । बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो । उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउ...
बिराटनगरमा चिर्पटले हानेर श्रीमतीको हत्या

बिराटनगरमा चिर्पटले हानेर श्रीमतीको हत्या

मोरङ । बिराटनगर महानगरपालिका–१२ मलङवामा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले हानेर श्रीमती ७० बर्षीया सगुत्री ऋषिदेवको हत्या गरेका हुन् । घरायसी विवादका क्रममा आवेगमा आएर परणले सोमवार साँझ करिव ५ बजे श्रीमतीमाथि चिर्पट प्रहार गरेका हुन् । चिर्पटले टाउँकोमा लाग्दा सगुत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी ...
धनकुटामा कोरोना त्रास : छैन होलीको तामझाम, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटामा कोरोना त्रास : छैन होलीको तामझाम, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा । आज रंगहरुको पर्व होली । हरेक बर्ष होलीमा रंगिन बन्ने धनकुटा आज सुनसान छ । छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भइरस संक्रमणको डरले धनकुटामा पनि यसपटक होलीको उमंग छैन । हरेक बर्ष होलीमा धनकुटा सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, भेडेटार, राजारानी, जीतपुर लगायत बजारहरुमा होली बिशेष कार्यक्रम हुँने गरेका थिए । धनकुटा बजारका चौक–चौकमा नाचगानसहित तामझामका साथ होली मनाउँ...
डा.शर्माद्वारा सुन्दरहरैंचामा एम्बुलेन्स प्रदान, गरिबलाई निःशुल्क सेवा दिने घोषणा

डा.शर्माद्वारा सुन्दरहरैंचामा एम्बुलेन्स प्रदान, गरिबलाई निःशुल्क सेवा दिने घोषणा

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी ह...
भेडेटारबाट सुरु भयो जिपलाइन, केबलकार पनि सञ्चालन गर्ने मुख्यमन्त्रीको आश्वासन

भेडेटारबाट सुरु भयो जिपलाइन, केबलकार पनि सञ्चालन गर्ने मुख्यमन्त्रीको आश्वासन

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट साहसिक खेल जिपलाइन सुरु भएको छ । करिव ३ करोडको लागतमा भेडेटारबाट धरानको देवीथानसम्म व्यावसायिक रुपमा सुरु गरिएको जिपलाईनलाई मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरेका छन् । जिपलाईन उद्घाटन गर्दै मुख्यमन्त्री राईले भेडेटार क्षेत्रमा चाडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन् । पर्यटकीय क्षेत्र भेडेटारलाई अझ बढी प...
धनकुटामा लोकसेवा परीक्षार्थीको मृत्यु

धनकुटामा लोकसेवा परीक्षार्थीको मृत्यु

धनकुटा । लोकसेवाको परीक्षा दिन आएका एक परीक्षार्थीको धनकुटामा आज मृत्यु भएको छ । नायब सुब्बाको परिक्षा दिन धनकुटा आएका ताप्लेजुङ मौवाखोला–४ का २० बर्षीय सविन शेर्पाको मृत्यु भएको हो । गएराती धनकुटा–७ हुलाकटोल स्थित आयुसा होटलमा बसेका उनी बिहान परीक्षाका लागि जान कपडा लगाउँने क्रममा ढलेका थिए । त्यसपश्चात उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याईएका उनको उपचारकै क्रममा मृत्यु भएको धनकुटाका प्र...
नोबेलमा डाक्टर पढ्दै गरेका विद्यार्थी तमोर नदीमा बेपत्ता

नोबेलमा डाक्टर पढ्दै गरेका विद्यार्थी तमोर नदीमा बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत भारतिय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए । आफुसँगै अध्ययनरत साथीहरुसँग घुम...
error: Content is protected !!