- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको वेलवारी–३ स्थित पूर्व पश्चिम लोकमार्गबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ का २३ बर्षीय मोहन खड्का र तेह्रथुमको लालीगुराँस गाउँपालिका–३ का ५६ बर्षीय रमेश कार्की छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय बेलवारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

को.२४ प.३२८७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!