संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका सचिव ऋषिराम ढुंगानाले राहत वितरणमा हुन सक्ने बिभेद प्रति सचेत गराएका छन् । लकडाउन पीडित दैनिक ज्यालादारी मजदुर र बिपन्न परिवारलाई राहत वितरण गर्नुपर्नेमा जोड दिदै उनले बास्तविक पीडितको पहिचानमा बिभेदरहित वातावरण सृजना गर्नुपर्ने धारणा राखेका हुन् ।

Advertisement

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता ढुंगानाले राहत वितरणमा राजनीतिक आस्था, पहूँच, जात, धर्म, क्षेत्रका आधारमा बिभेद हुँने स्थितीप्रति सचेत रहन आग्रह गरेका छन् । दैनिक ज्यालादारी गर्ने मजदुर बर्ग, गरिब तथा बिपन्न व्यक्तिहरुलाई भनेर बाढिने राहतलाई बास्तविक लक्षित बर्गमै पुर्याउँनका लागि सवै सजग हुनुपर्नेमा उनको जोड छ ।

‘अहिले राहत पाउँनुपर्ने बास्तविक बर्ग पहूचबिहिन हुँन सक्छन् । तर, उनीहरुलाई पहूचको आधारमा नभई दुई छाक टार्न भईरहेको समस्यालाई मध्यनजर गरी थोरै भएपनि राहतको अनभूती गराउँनुपर्छ ।’ सचिव ढुंगानाले लेखेका छन् ‘राहत वितरणमा राजनीतिक आस्था, पहूँच, जात, धर्म, क्षेत्रका आधारमा बिभेद हुँने स्थितीप्रति जनप्रतिनिधिहरुसहित सवैले सचेत रहनुपर्छ ।’

कोरोनाको विश्वव्यापी महामारीबाट जोगिने सवैभन्दा उत्तम उपाय लकडाउनलाई पालना गर्नु मात्र भएको भन्दै उनले घर भित्रै बसेर आफु पनि बच्ने र अरुलाई पनि बचाउँने वातावरण सृजना गराउँन पनि सवैलाई अपिल गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!