संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहाराका युवाहरुले गाउँमा अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाएका छन् । उनीहरुले गाउँमा आउँनेलाई भौतिक कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

Advertisement

बाहिरबाट गाउँमा आउँने व्यक्तिमार्फत कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै युवाहरुले नचिनेको व्यक्तिलाई गाउँ छिर्न नदिने निर्णय गरेका हुन् । बेलहारा स्थित माहाङ युवा समुहको अगुवाइमा गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध लेखिएको बोर्डसमेत राखिएको छ । नियम उल्लंघन गरेर प्रवेश गर्नेलाई नियन्त्रणमा लिएर भौतिक कारबाहीसमेत हुनसक्ने बोर्डमा उल्लेख छ ।

गाउँका बिभिन्न स्थानमा बोर्ड राखेर अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाइएको स्थानीय युवा रबिन घिमिरेले संगालोखबरलाई जानकारी दिए । युवाहरुले अपरिचित व्यक्तीलाई गाउँमा आउँन नदिनका लागि निगरानीसमेत गर्ने गरेका छन् ।

केहि दिन अघि गाउँमा आएका केहि व्यक्तिलाई पनि युवाहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । कोरोना संक्रमण रोकथाम गर्न उनीहरुले सावुन पानीले हात धुनका लागि गाउँमा धारासमेत निर्माण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!