- गोमा ढुंगाना/संगालोखबर
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा आइसोलेसनमा रहेका युवाको ‘स्वाब’ परीक्षणका लागि सोमबार धरान पठाइएको छ । बिरामीमा कोरोना भाइरसको संक्रमण भए/नभएको प्रमाणित गर्न धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ‘स्वाब’ पठाइएको हो ।

चिकित्सकहरुका अनुसार बिरामीको घाँटी र नाकको भित्री भागमा रहेको तरल पदार्थ (स्वाब) परिक्षण गरेर कोरोना संक्रमणको परीक्षण गर्ने गरिन्छ । विदेशबाट आएका ती युवामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले ‘स्वाब’ परीक्षणका लागि पठाइएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए । ‘स्वाबको रिपोर्ट आएपछि कोरोना संक्रमण भए/नभएको पत्ता लाग्छ ।’ उनले भने ।

Advertisement

धनकुटा–८ का ३५ बर्षीय ती युवा दुई साता पहिले पोर्चुगलबाट आएका हुन् । ज्वरो र रुघाखोकी देखिएपछि उनलाई सोमबार धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको हो । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जना बिदेशबाट आएका हुँनाले बिदेशबाट आउँनेलाई उच्च निगरानीमा राख्ने गरिएको छ ।

धनकुटामा पछिल्लो समय विदेशबाट आएका १ सय ४४ जना प्रशासनको सम्पर्कमा छन् । स्थानीय तहको समन्वयमा उनीहरुलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संगालोखबरलाई जानकारी दिए ।

मंगलबार ‘स्वाब’ परीक्षण गरिने

संघीय राजधानी बाहिर पहिलो पटक कोरोना भाइरसको परीक्षण ल्याव सञ्चालन गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलवार ‘स्वाब’ परीक्षण हुँदैछ ।

परीक्षणका लागि सोमबारसम्म धनकुटाका युवासहित ६ जनाको ‘स्वाब’ संकलन भएको प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरले बताए । ‘कोरोना आशंका गरिएका धनकुटा, तेह्रथुम, बिराटनगर र झापाका ६ जनाको स्वाब कलेक्सन भएको छ ।’ संगालोखबरसँग उनले भने ‘मंगलवार अपरान्हसम्म सवैको रिपोर्ट आउँछ ।’

धरानमा पहिलो पटक ‘स्वाब’ परिक्षण गर्न लागिएकाले काठमाण्डौबाट पनि ‘भेरिफाइ’ गराइने सह–प्रवक्ता ऐरले जानकारी दिए ।

धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

 

पोर्चुगलबाट आएका युवा धनकुटा अस्पतालको आइसोलेसनमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!