संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले कार्यस्थलमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र व्यापारीलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ । आकस्मिक सेवामा खटिनेहरुलाई कोरोना संक्रमणबाट जोगाउँनका लागि भेडेटार, मुलघाट लगायत स्थानमा आइतबार करिव ५ सय वटा मास्क र १० लिटर सेनिटाइजर वितरण गरिएको हो ।

Advertisement

उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई, सचिव श्रीराम रायमाझी लगायतले सामाग्री वितरण गरेका हुन् ।

आकस्मिक क्षेत्रमा कार्यरतहरु लकडाउनका बेला पनि कार्यस्थलमा खटिनुपर्ने हुँनाले उनीहरुलाई कोरोना संक्रमणको जोखिम कम गर्न मास्क र सेनिटाइजर प्रदान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राईले जानकारी दिए ।

अब धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास लगायत बजारहरुमा पनि कोरोना सम्बन्धि जनचेतना अभिबृद्धि गर्दै मास्क र सेनिटाईजर वितरण गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!