संगालोखबर संवाददाता

धनकुटा । धनकुटा अस्पतालको आइसोलेसनमा रहेका युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ‘स्वाब’ परीक्षण गर्दा उनमा कोरोना नलागेको पुष्टि भएको हो ।

Advertisement

‘स्वाब’ को रिपोर्टमा कोरोना नदेखिएपछि उनलाई आज साँझ डिस्चार्ज गरिने जिल्ला अस्पतालका डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । धनकुटा–८ का ३५ बर्षीय ती युवा दुई साता पहिले पोर्चुगलबाट आएका हुन् ।

उनलाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि सोमबार धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको हो । उनमा कोरोना लागे/नगालेको पत्ता लगाउँन घाँटी र नाकको भित्री भागमा रहेको तरल पदार्थ (स्वाब) परिक्षणका लागि सोमबार नै धरान पठाइएको थियो ।

प्रतिष्ठानले मंगलवार रिपोर्ट आउँने बताएको भएपनि दुई दिन पछि रिपोर्ट दिएको हो । धरानमा पहिलो पटक गरिएको परीक्षण भएकाले केहि ढिलाई भएको भएपनि अव एक दिनमै रिपोर्ट आउने प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरले जानकारी दिए ।

यसअघि प्रकाशित समाचार…

धनकुटाका युवामा कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइयो

 

पोर्चुगलबाट आएका युवा धनकुटा अस्पतालको आइसोलेसनमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement