संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

बिराटनगर । बिराटनगरबाट प्रकाशन हुदै आएका चार वटा दैनिक पत्रिकाले प्रकाशन रोक्ने भएका छन् । पत्रपत्रिकाको माध्यमबाट पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै दर्शन, उद्घोष, न्यू सृष्टि र हाम्रोमत दैनिकले प्रकाशन रोक्ने भएका हुन् ।

चार वटै पत्रिकाका प्रकाशकहरुले सोमबारसाँझ प्रेस बिज्ञप्ति जारी गरेर सहज अवस्था नबन्दासम्मका लागि प्रकाशन बन्द गर्ने जनाएका छन् ।

Advertisement

‘संकटको घडीमा नागरिकलाई सुसूचित गर्ने आमसञ्चारको माध्यमले अनलाइनलाई बढी सक्रिय तुल्याउनु पर्ने, रिपोटिङ सुरक्षित बनाउनु पर्ने र घरबाटै सूचना संप्रेशण गर्नुपर्ने आवश्यकता महशुस गरी प्रकाशन स्थगन गर्ने निश्कर्षमा पुगेका छौ ।’ विज्ञप्तिमा भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!