- संगालोखबर सम्वाददाता

सुनसरी । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आइतबारबाट कोरोना भाईरस संक्रमणको परिक्षण सुरु भएको छ । काठमाडौंमा मात्र हुदै आएको परिक्षण संघीय राजधानी बाहिर पहिलो पटक धरानमा सुरु गरिएको हो ।

प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब सञ्चालन भएसँगै पूर्वी नेपालका बिरामीहरुलाई कोरोना भाईरसको परिक्षण गर्न सहजता मिल्ने भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याबको अनुगमन तथा निरीक्षण पनि गरेका छन् ।उनीहरुले प्रतिष्ठानमा रहेको आइसोलेसन वेड, हेल्फ डेक्सकोसमेत अवलोकन गरे ।

प्रतिष्ठानमा सञ्चालन भएको ल्याबबाट दैनिक १२ वटासम्म स्याम्पल चेक गर्न सकिने र एकै दिनमा रिपोर्टसमेत आउँने माइक्रोवायोलोजी विभागमा एसोसिएट प्रोफेसर नारायण भट्टराईले जानकारी दिए । प्रतिष्ठानमा परिक्षण सुरु भएपछि अब कोरोना लागे नलागेको पत्ता लगाउँन स्याम्पल लिएर काठमाण्डौ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि काठमाण्डौंमा मात्र परिक्षण हुँने भएकाले मुलुकका कतिपय स्थानमा आइसुलेशनमा भएका बिरामीको मृत्यु भईसक्दासम्म पनि कोरोना परिक्षणको रिपोर्ट नआएर समस्या हुँदै आएको छ । अब प्रतिष्ठानमै परिक्षण हुँने भएपछि पूर्वी नेपालका बिरामीहरुले यो समस्या झेल्नु नपर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!