संगालोखबर सम्वाददाता

 

Advertisement

धनकुटा । समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष विकास घिमिरेलाई गलत प्रचार गरेको आरोप लगाएका धनकुटा–९ का बिकाश रायाले आरोप प्रति माफी मागेका छन् । उनले पुनः बिज्ञप्ति मार्फत आरोपका बिषयमा क्षमायाचना गरेका हुन् ।

समाजवादी पार्टीको वडा संयोजक चयन भएको भन्दै घिमिरेले आफ्नो बिषयमा फेसवुकबाट गलत प्रचार गरेको भनेर रायले बिज्ञप्ति मार्फत आपत्ती जनाएका थिए । आरोप लगाएको भोलिपल्टै उनले पुनः अर्को बिज्ञप्ति मार्फत माफी मागेका हुन् ।

अघिल्लो दिन र भोलिपल्ट जारी प्रेस बिज्ञप्ति ।

आरोप लगाईएको बिज्ञप्ति ‘प्रतिकुल परिस्थितीमा भूलवश’ जारी भएको भन्दै रायले क्षमा मागेका छन् । घिमिरे र राया दुवैले हस्ताक्षर गरेर संयुक्त बिज्ञप्ति जारी गरिएको छ । आगामी दिनमा दुवैवीच सुमधुर सम्बन्ध रहनेसमेत बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रकाशित समाचार…

धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!