संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रका ७ सय १० कृषकको खेतवारीको माटो परिक्षण गरिएको छ । महालक्ष्मी नगरपालिकाले तीन दिनसम्म माटो परिक्षण शिविर सञ्चालन गरेर कृषकहरुको खेतवारीको माटो जाँच गरेको हो ।

महालक्ष्मी नगरका ९ वटै वडामा शिविर सञ्चालन गरेर सबै वडाका कृषकहरुको खेतवारीको माटो परिक्षण गरिएको नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘माटो अनुसारको बाली लगाउँन कृषकहरुलाई प्रोत्साहन गर्दै उत्पादन बढाउँन माटो जाँच गरेका हौं ।’ मेयर नेपालले भने ‘अव माटो सुधारका लागि कृषकहरुलाई कृषि चुन पनि उपलब्ध गराउँछौ ।’

सुनसरीको झुम्का स्थित माटो तथा मल परिक्षण प्रयोगशालाका माटो बिज्ञसहितको टोलीले माटो परिक्षण गरेको हो ।

शिविरका क्रममा वडा नं.७ मा सवैभन्दा बढी १ सय ७१ जना कृषकले माटो परिक्षण गराएका छन् ।

परिक्षणका क्रममा धेरै कृषकको खेतवारीमा अम्लिय माटो पाइएको नगरपालिकाका कृषि प्राविधिक शेखर चापागाईंले बताए । उनका अनुसार माटो जाँच गरेर कृषकहरुलाई माटो सुधारको उपाय सिकाउँदै उपयुक्त वाली लगाउँन सुझाव दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!