तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुममा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

तेह्रथुम । घाँस काट्ने क्रममा भीरबाट लड्दा तेह्रथुममा आज एक जनाको मृत्यु भएको छ । तेह्रथुमको फेदाप–१ कुरुवाङ टोलका ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको हो । बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा चिप्लिएर करिव ५० मिटर तल झर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
धनकुटाको साँगुरीगढी र चौबिसेमा कोरोना परीक्षण गरिदै

धनकुटाको साँगुरीगढी र चौबिसेमा कोरोना परीक्षण गरिदै

धनकुटा । धनकुटामा आज पनि कोरोना परीक्षण गरिदै छ । चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका करिव ४० जनामा कोरोना परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौबिसे र साँगुरीगढीमा विदेशबाट फर्किएकाहरुलाई ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । यसअघि हिजो पाख्रीवास, छथर जोरपाटी र जिल्ला अस्पतालमा २२ जना...
सोलुखुम्बुलाई केन्द्र बनाएर मध्यराती भूकम्पको धक्का

सोलुखुम्बुलाई केन्द्र बनाएर मध्यराती भूकम्पको धक्का

सोलुखुम्बु । सोलुखुम्वुलाई केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । मध्यराती १२ बजेर ५५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट हालसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
इटहरी–१ का वडाध्यक्षको निधन

इटहरी–१ का वडाध्यक्षको निधन

सुनसरी । इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको गएराती निधन भएको छ । क्यान्सरपीडित ५५ बर्षीय चौधरीको राती करिव साँढे १२ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । क्यान्सरले सताएपछि लामो समय उनलाई हस्पिटलमै राखेर उपचार गरिएको थियो । केहि दिन यता उनलाई इटहरी स्थित घरमा ल्याइएको थियो । उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको पार्थिव शरिरलाई इटहरीको बु...
लकडाउनमा पनि अत्यावश्यक योजनाको काम अघि बढाइन्छ : मुख्यमन्त्री राई

लकडाउनमा पनि अत्यावश्यक योजनाको काम अघि बढाइन्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले लकडाउनको अवधिमा पनि अत्यावश्यक योजनाका कामहरु अघि बनाइने बताएका छन् । प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार आयोजना गरेको प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर भएपनि अगाडि बढाउने त...
धनकुटामा नेकपाले जनप्रतिनिधिमार्फत गर्यो कोरोना रोकथाम र राहत वितरणको ‘ब्रिफिङ’

धनकुटामा नेकपाले जनप्रतिनिधिमार्फत गर्यो कोरोना रोकथाम र राहत वितरणको ‘ब्रिफिङ’

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा भएका काम बुधबार सार्वजनिक गरेको छ । नेकपाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी कमिटी र पार्टीबाट निर्वाचित सातवटै स्थानीय तहका जनप्रतिनिधिमार्फत भएका काम सार्वजनिक गरेको हो । पार्टीको निर्देशन अनुसार पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कामको विवरण आम नागरिकसम्म पु¥याउन आवश्यक रहेकाले ...
धनकुटामा एकैदिन २२ जनाको कोरोना परीक्षण

धनकुटामा एकैदिन २२ जनाको कोरोना परीक्षण

धनकुटा । धनकुटामा बुधबार २२ जनाको कोरोना परीक्षण गरिएको छ । ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धनकुटा अस्पतालमा ६ जना, छथर जोरपाटीमा ८ जना र पाख्रीवासमा ८ जनाको कोरोना परीक्षण गरिएको हो । परीक्षणका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले संगालोखबरलाई जानकारी दिए । विदेशबाट...
सशस्त्रको बोर्डमा कोरोनाको सन्देश : चौकमा आइपुगे, भेट्ने भए माक्स पञ्जा नलगाई आउनु

सशस्त्रको बोर्डमा कोरोनाको सन्देश : चौकमा आइपुगे, भेट्ने भए माक्स पञ्जा नलगाई आउनु

लक्ष्मीमार्ग । विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन अहिले मुलुकलाई नै लकडाउन गरेर आवतजावतमा रोक लगाईएको छ । तर, मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा यस्तो बार्ड राखिएको छ, जसमा कोरोनाले मानिसलाई व्याङ्ग्यात्मक शैलीमा चौकमा बोलाउँछ । ‘म कोरोना हुँ, तपाइको चोकमा आइपुगेको छु, मलाइ भेट्ने भए माक्स पन्जा, साबुन सेनिटाइजर केहि पनि नलगाई आउनु होला । मेरो विश्व भ्रमण सफल पार...
तमोरमा बेपत्ता बृद्धको शव चार दिनपछि भेटियो

तमोरमा बेपत्ता बृद्धको शव चार दिनपछि भेटियो

धनकुटा । तमोर नदीमा बेपत्ता भएका साँगुरीगढी गाउँपालिका–८ का ६० बर्षीय देवकुमार राईको शव चार दिनपछि फेला परेको छ । गत शुक्रबार दिउँसो करिव २ बजे नदीमा बेपत्ता भएका राईको शव मंगलबार बिहान ९ बजे फेला परेको हो । साथीहरुसँग पौडी खेल्ने क्रममा साँगुरीगढी–८ तातोपानीबाट राई नदीमा बेपत्ता भएका थिए । बेपत्ता राईको खोजी भइरहेको थियो । सोहि क्रममा साँगुरीगढी–९ स्थित घुमाउँनेमा उनको शव भेटिएको धनकुटाका प्रह...
धनकुटामै पहिलो पटक भारतीय नागरिकलाई सहिदभूमीको क्वारेनटाइनमा राखियो

धनकुटामै पहिलो पटक भारतीय नागरिकलाई सहिदभूमीको क्वारेनटाइनमा राखियो

धनकुटा । धनकुटा जिल्लामै पहिलो पटक सहिदभूमी गाउँपालिकामा भारतीय महिलालाई क्वारेनटाइनमा राखिएको छ । भारतको नौगढ घर भएकी करिव ४५ बर्षीया महिलालाई सहिदभूमीको थलथले स्थित क्वारेनटाइनमा राखिएको हो । कोरोना आशंका गरिएका व्यक्तिलाई राख्न धनकुटा सदरमुकामको औद्योगिक ग्रामसहित बिभिन्न स्थानमा क्वारेनटाइन निर्माण गरिएको भएपनि जिल्लामा हालसम्म कसैलाई पनि क्वारेनटाइनमा राखिएको थिएन् । पहिलो पटक सहिदभूमीमा ...
बेलबारीमा १६ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’

बेलबारीमा १६ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’

बेलबारी । मोरङको बेलबारीमा १६ जनाको ‘र्‍यापिड डाइग्नोष्टिक टेस्ट’ गरिएको छ । विदेशबाट आएकाहरुलाई र्‍यापिड टेस्ट गराउँदा १६ जनाकै रिपोर्ट ‘नेगेटिभ’ आएको बेलबारी नगरपालिकाले जनाएको छ । विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । विभिन्न देशवाट आएका ९८ जनाको पहिलो चरणमा परीक्षण गर्ने तयारी ...
धनकुटामा कोरोना परीक्षण सुरु, पहिलो दिन ३ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’

धनकुटामा कोरोना परीक्षण सुरु, पहिलो दिन ३ जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’

धनकुटा । धनकुटामा पनि मंगलबारबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । पहिलो चरणमा कोरोना संक्रमण भए/नभएको पत्ता लगाउँने ‘र्‍यापिड डाइग्नोस्टिक टेष्ट’ सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रगतको माध्यमबाट गरिने यो टेष्टबाट १५ मिनेट भित्रै नतिजा पत्ता लाग्छ । कोरोना ‘पोजेटिभ’ देखिएमा थप प्रमाणित गर्न शंकास्पद व्यक्तिको ‘स्वाब’ परीक्षणका लागि ल्यावमा पठाइन्छ । पूर्वमा अहिले धरान स्थ...
खोटाङमा खुकुरी प्रहार गरेर श्रीमानको हत्या

खोटाङमा खुकुरी प्रहार गरेर श्रीमानको हत्या

खोटाङ । खोटाङको बाह्रपोखरी गाउँपालिकाकी एक महिलाले खुकरी प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बाह्रपोखरी–१ की ५० बर्षीया मेनुका राईले खुकुरी प्रहार गरी आफ्नै श्रीमान ५० बर्षीय छकुमार राईको हत्या गरेकी हुन् । खुकुरी प्रहारबाट राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि मेनुकालाई प्रहरीले पक्राउ गरेको छ । मृतक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्प...
बिराटनगरका उद्योगीले पनि सामुहिक रुपमा गाए राष्ट्रगान

बिराटनगरका उद्योगीले पनि सामुहिक रुपमा गाए राष्ट्रगान

बिराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारको अग्रपंतिमा भूमिका निर्वाह गर्नेहरुको सम्मानका लागि आज बिराटनगरमा पनि राष्ट्रगान गाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गरेको आग्रह बमोजिम राष्ट्रगान गाइएको हो । उद्योग संगठन मोरङले पनि सामुहिक राष्ट्रगान गाउँने कार्यक्रम गरेको छ । सामाजिक दुरी कायम गर्दै संगठनका कार्यसमिति सदस्यहरुले कार्यालय परिषरमा राष्ट्रिय झण्डा फहराएर राष्ट्रगा...
प्रदेश नं.१ का मुख्यमन्त्री राईद्वारा प्रदेशबासीका नाममा संबोधन (पूर्ण पाठसहित)

प्रदेश नं.१ का मुख्यमन्त्री राईद्वारा प्रदेशबासीका नाममा संबोधन (पूर्ण पाठसहित)

बिराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले आज बिहान प्रदेशबासीका नाममा संबोधन गरेका छन् । कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचारका लागि प्रदेश सरकारले हालसम्म गरेका प्रयास, आगामी योजना र राहतका बिषयमा मुख्यमत्री राईले संबोधन गरेका हुन् । मुख्यमन्त्री राईले बिहान ८ बजे गरेको संबोधनलाई प्रदेशका बिभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका छन् । हेर्नुहोस् संबोधनको पूर्णपाठ... आदरणीय द...
अध्यक्ष काफ्लेका कारण गुम्यो कानेपोखरीका कोरोना प्रभावितको ५ लाख राहत

अध्यक्ष काफ्लेका कारण गुम्यो कानेपोखरीका कोरोना प्रभावितको ५ लाख राहत

मोरङ । नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले गत बिहिबार मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितका लागि तीन नगरपालिकालाई ३० लाख ३६ हजार राहत रकम प्रदान गरे । बेलबारीमा भेला भएर सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारीका नगर प्रमुखले डा.शर्माबाट राहतको चेक बुझे र गरिब, बिपन्न तथा कोरोना प्रभावित जनतासमक्ष राहत पुर्याउँने प्रतिवद्धता जनाए । गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारसमेत बनेका का...
पाँचथरमा ढुंगाले किच्दा कामदारको मृत्यु

पाँचथरमा ढुंगाले किच्दा कामदारको मृत्यु

पाँचथर । पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा आज बिहान भीरबाट खसेको ढुंगाले किचेर कामदारको मृत्यु भएको छ । निर्माणाधिन पुलमा काम गर्दै आएका भारतको सिपोल शंकरापुर गाउँ पञ्चायतका २४ बर्षीय नजिबुल महोमदको ढुंगाले लागेर मृत्यु भएको हो । दिनभर काम गरेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा बिहान करिव ३ बजे भीरबाट खसेको ढुङगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँच...
संखुवासभा र खोटाङमा चट्याङ लागेर तीन जनाको घटनास्थलमै मृत्यु

संखुवासभा र खोटाङमा चट्याङ लागेर तीन जनाको घटनास्थलमै मृत्यु

संखुवासभा । संखुवासभा र खोटाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । गएराती बर्षासँगै परेको चट्याङले खोटाङमा दुई र संखुवासभामा एक जनाको मृत्यु भएको हो । बेलुका पौने ८ बजे आँगनमा रहेका बेला चट्याङ लाग्दा संखुवासभा पाँचखपन–२ की ५२ बर्षीया डम्बर कुमारी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस्तैगरी बेलुका साढे ६ बजे बर्षासंगै परेको चट्याङले खोटाङ केपीलाशगढ...
धनकुटा र हिले बजारका घर–घरमा पुर्याएर तरकारी, दुध र ग्याँस बिक्रि गरिदै

धनकुटा र हिले बजारका घर–घरमा पुर्याएर तरकारी, दुध र ग्याँस बिक्रि गरिदै

धनकुटा । लकडाउनको समयमा सर्वसाधरणलाई सहजताका लागि धनकुटा र हिले बजारका घर–घरमा अत्यावश्यक दैनिक उपभोग्य सामाग्री पुर्याएर बिक्रि गर्न थालिएको छ । स्थानीय प्रशासन र व्यापारीहरुसँगको समन्वयमा उद्योग बाणिज्य संघले बजार क्षेत्रका घर घरमै तरकारी, दुध र खाना पकाउने ग्याँस विक्रि वितरण गर्ने व्यवस्था मिलाएको हो । व्यापारीहरुसँग समन्वय गरेर गाडीमार्फत बजार घुमाउदै घर घरमै उपभोग्य सामाग्री किन्न पाउँने ...
धनकुटाका खड्का ओढारमा मृत भेटिए

धनकुटाका खड्का ओढारमा मृत भेटिए

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सिलढुंगाको ओढारमा आज एक व्यक्तिको शव भेटिएको छ । धनकुटा–६ पात्लेका ४० बर्षीय मनोज खड्का ओढारको खोचमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार गत आइतबार उनी घरमा कसैलाई नसोधि हिडेका थिए । उनी घर नफर्किएपछि परिवारले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । प्रहरीले उनको हुलियाका आधारमा खोजि गरिरहेको अवस्थामा ओढारमा उनको शव फेला परेको हो । ओढारबाट दुर्गन्ध ...
डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग : कोरोना राहत कोषमा ३० लाख प्रदान

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो । क्षेत्र ...
धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा प्रशासनद्वारा गल्ती स्वीकार, प्रशासन–पत्रकारवीच भयो सहमति

धनकुटा । धनकुटामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको बिषयमा प्रशासनले गल्ती स्वीकार गरेको छ । बुधबार साँझ प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र पत्रकारहरुवीच भएको छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समझदारी पनि भएको छ । पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, महासंघका उपाध्यक्ष नगेन्द्र राईसहितको टोली र प्रमुख जिल्ला अधिकारी विमलीवीच छलफल भएको थियो । छलफलमा प्रशासनले...
महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...
डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

डा.शर्माद्वारा कोरोना रोकथाममा सहयोग : पथरी शनिश्चरेको कोषमा १ लाख ११ हजार प्रदान

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् । बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । ...
खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङमा राहत लिन जाँदा लडेर मृत्यु

खोटाङ । खोटाङमा राहत लिन गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय बीरबहादुर राई छन् । मंगलवार दिउँसो पौने ४ बजे उनी राहतका लागि फारम भर्न नगरपालिका कार्यालय पुगेका थिए । नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा लडेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकल लडेर छातिमा थ...
भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुरमा ट्याक्टर चालक लुटिए, लुटपाट गर्ने ७ जना पक्राउ

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ रुक्सेमा पैसा लुटपाट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर चालकसँग रहेको नगद लुटपाट गरेको भन्दै प्रहरीले स्थानीय युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आमचोक गाउँपालिका–८ का ३२ बर्षीय लोकबहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८...
धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटाका कम्युनिष्ट नेता सुब्बाको निधन

धनकुटा । धनकुटाका कम्युनिष्ट नेता डम्बर याक्सो (सुब्बा) को निधन भएको छ । कलेजोमा समस्या भएर उपचारका लागि काठमाण्डौं लगिएका सुब्बाको ६० बर्षको उमेरमा गएराती निधन भएको परिवार स्रोतले जनाएको छ । धनकुटा–४ स्कुलडाँडा निवासी नेता सुब्बाको कलेजोमा करिव ५ महिना अघिदेखि खराबी देखिएको थियो । केहि महिनायता काठमाण्डौमा उपचार गराउँदै आएका सुब्बालाई धनकुटा आएका बेला जण्डिसले सताएपछि एक साता अघि उपचारका लागि ...
सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवामा अलपत्र परेका कालिकोटबासीलाई छथर जोरपाटी गाउँपालिकाले दियो खाद्यान्न

सिधुवा। धनकुटाको सिधुवा बजारमा अलपत्र परेर बसेका कालिकोटका ८ जनालाई छथर जोरपाटी गाउँपालिकाले मंगलबार खाद्यान्न उपलब्ध गराएको छ । बिभिन्न ठाउँमा पुगेर गलैंचा बेच्ने काम गर्दै आएका उनीहरु सिधुवामा आईपुगेका बेला लकडाउन भएपछि बेखर्ची भएर अलपत्र परेका हुन् । उनीहरुलाई छथर जोरपाटी गाउँपालिकाले ५० किलो चामल, ४ किलो दाल, २ किलो नुन, २ लिटर तेल र ४ वटा साबुन प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष शेरबहाद...
धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटाका पत्रकारलाई समाचार संकलनमा प्रशासनको अवरोध

धनकुटा । धनकुटामा स्वास्थ्य सामाग्री हस्तान्तरणको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रशासनले समाचार संकलनमा अवरोध गरेको छ । सूर्यबहादुर थापा प्रतिष्ठानले जिल्लाका स्वास्थ्य सस्थाहरुका लागि पठाएको स्वास्थ्य सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रममा पत्रकारहरुलाई अवरोध गरिएको हो । समाचार संकलनका लागि प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले कार्यालय प...
धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटाका लागि थापाले हेलिकप्टरबाट पठाए ८ लाखको स्वास्थ्य सामाग्री

धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउँने भएका छन् । थापाले आज बिहान काठमाण्डौबाट हेलिकप्टरमार्फत स्वास्थ्य सामाग्री धनकुटा पठाएका हुन् । धनकुटा अस्पतालसहित जिल्लाभरका स्वास्थ्य सस्थाहरुका लागि कोरोना संक्रमण रोकथाममा प्रयोग गरिने करिव ८ लाख मुल्य बराबरको सामाग्री पठाइएको थापाले संगालोखबरलाई जानकारी दिए । ‘मेरो सासुको स्वर्गारोहण भएकाल...
भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

भेडेटारको पाथिभरा बनमा भीषण डढेलो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन । डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भ...
error: Content is protected !!