मोरङको बुढिगंगाकी युवतीको आरडीटी रिपोर्टमा देखियो कोरोना ‘पोजिटिभ’
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाकी एक युवतीको ‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ गर्दा कोरोना भाइरसको एण्टीबडी देखिएको छ । बुढिगंगा–१ की ती युवतिको बुढिगंगा–३ स्थित सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।
भारतको बैङ्लोरबाट अध्ययन गरी घर आएकी २७ वर्षीया युवतिको आरडीटी परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ भेटिएको वडा नम्बर १ का वडाध्यक्ष युवराज पौडेलले...































