संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पाथिभरा सामुदायीक बनमा भीषण डढेलो लागेको छ । आइतबार साँझबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउँन सकेको छैन ।

Advertisement

डढेलोले बनको करिव २५ सय रोपनी क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज यदु खड्काले संगालोखबरलाई जानकारी दिए । ‘हामीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौ ।’ उनले भने ‘ठूलो क्षेत्रफलमा आगो लागेको र भिरालो भूभाग भएकाले आगो नियन्त्रण हुन सकेको छैन ।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । डढेलोले हजारौ बोटबिरुवा जलेर नष्ट भएका छन् । आगोका कारण भेडेटार स्थित पाथिभर मन्दिरसहित आसपासका होटलहरु पनि जोखिममा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!