- संगालोखबर सम्वाददाता

धनकुटा । पोर्चुगलबाट आएका धनकुटाका एक युवामा उच्च ज्वरो र रुघाखोकी देखिएपछि सोमबार उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । धनकुटा–८ का ३५ बर्षीय ती युवा दुई साता पहिले पोर्चुगलबाट आएका हुन् ।

Advertisement

उनलाई चिकित्सकको निगरानीमा राखेर प्रारम्भीक उपचार भइरहेको छ । बिरामीमा कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘स्वाब’ पठाईने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए ।

विदेशबाट आएका युवामा यस्तो लक्षण देखिएपछि उनको परिवारलाई पनि निगरानीमा राखिएको छ । परिवारका सदस्यहरुमासमेत स्वास्थ्य समस्या देखिएको हुँनाले उनीहरुलाई निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

धनकुटामा आइसोलेसनमा रहेका युवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

 

धनकुटाका युवामा कोरोना परीक्षणका लागि ‘स्वाब’ पठाइयो, कहिले आउँछ रिपोर्ट ?

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!