- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा बिगत १४ दिन भित्र विदेशबाट आएका नागरिकहरुको विवरण संकलन गरिने भएको छ । कोरोना संक्रमण रोकथामका बिषयमा जिल्ला समन्वय समिति प्रमुख टंक चुवानको अध्यक्षतामा बुधवार बसेको बैठकले विदेशबाट आएकाहरुको जिल्लाका सातवटै पालिका मार्फत विवरण माग गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकपछि जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले दिएको जानकारी अनुसार धनकुटामा बिगत दुई साताको अवधिमा विदेशबाट आएका १४ जना सम्पर्कमा छन् । स्वास्थ्य परिक्षण गर्दा उनीहरु स्वस्थ रहेको पाईएको छ । उनीहरु सवै आ–आफ्नो घरमै छन् ।

प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीसहितको उपस्थितीमा भएको बैठकले दुई साता यता विदेशबाट आएका नागरिकहरुलाई स्वास्थ्य परिक्षण गरी स्वस्थ देखिए होम क्वारेन्टाइनमा राख्ने र कोरोनाको लक्षण देखिए उच्च स्तरीय उपचारका लागि रिफर गर्ने निर्णय गरेको छ ।

त्यस्तै धनकुटा–६ स्थित औद्योगिक ग्राममा बनाइएको क्वारेनटाइन सेन्टर बिहीबारदेखि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!