
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक महिलाको मृत्यु भएको छ । माटो खन्ने क्रममा ढिस्को झरेर पुर्दा त्रियुगा–१३ कि ३० बर्षीया जानकीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिहान करिब साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा उनलाई माथिबाट ढिस्को झरेर पुरेको थियो ।
ढिस्कोले पुरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल पुर्याईयो । तर, उपचारकै क्रममा दिउँसो साँढे १ बजे चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।















