बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले लकडाउन प्रभावित बिपन्न बर्ग र दैनिक ज्यालादारी मजदुरका लागि २४ लाख बराबरको खाद्य सामाग्री सहयोग गरेको छ । दुबै संगठनले प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषलाई २ हजार १ सय प्याकेट खाद्य सामाग्री उपलब्ध गराएका हुन् ।
उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहितका पदाधिकारीहरुले आज मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्तान्तरण गरेका हुन् । मोरङ र सुनसरीका बिपन्न बर्ग र दैनिक ज्यालादारी मजदुरलाई एकद्वार प्रणालीमार्फत उक्त सामाग्री वितरण गरिनेछ ।
जसअनुसार प्रदेश सरकारबाट १ हजार ३ सय प्याकेट, विराटनगर महानगरपालिकाबाट ३ सय ५० प्याकेट, दुहवी नगरपालिकाबाट २ सय प्योकेट, वुढीगंगा गाउपालिकाबाट १ सय २५ प्याकेट र कटहरी गाउपालिकामार्फत १ सय २५ प्याकेट वितरण हुनेछ ।
यसैवीच वितरणका लागि विराटनगर महानगरपालिकालाई खाद्य सामाग्री आजै उपलब्ध गराईएको छ । महानगर प्रमुख भीम पराजुलीलाई दुबै संगठनका पदाधिकारीले खाद्य सामाग्री हस्तान्तरण गरेका छन् ।