काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई जिल्ला ल्याइने, अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने
धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका करिव ६ सय धनकुटेलीलाई जिल्ला ल्याइने भएको छ । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा उनीहरुलाई धनकुटा ल्याउँन लागिएको हो ।
अब केहि दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको जिल्लाको प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । ‘काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार...




























