गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा निषेधाज्ञाको म्याद थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको म्याद १० दिन थप गरेर बैशाख २५ गतेसम्म पुर्याएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी केशब प्रसाद बिमलीले निषेधाज्ञाको सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेमा एक महिनादेखि छ महिनासम्म कैद वा एक सयदेखि ६ सयसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने सूचनामा उल्लेख छ ।

कोरोेना भाइरस संक्रमण रोकथामका लागि सरकारले देशभर आह्वान गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन धनकुटामा चैत ११ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । त्यस पश्चात पटक पटक म्याद थपिदै आएको छ । सरकारले १० दिन लकडाउन बढाएर बैशाख २५ सम्म पुर्याएपछि जिल्ला प्रशासनले पनि निषेधाज्ञाको म्याद थपेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!