झापा । झापामा चट्याङ पर्दा बिधुत सर्ट भई आगलागी भएको छ । झापा गाउँपालिका–३ सिमलवारीमा चट्याङका कारण आगलागी हुँदा धानमिलसहित तीन घर जलेर नष्ट भएका हुन् ।
चट्याङ पर्दा बिधुत सर्ट भई सिमलवारीका लालप्रसाद राजवंशीले सञ्चालन गरेको धानमिलबाट आगलागी सुरु भएको हो । आगलागीका कारण मिल नजिकै रहेको प्रल्हाद मण्डलको २ वटा कच्ची घरसमेत जलेर नष्ट भएका छन् ।
दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् । आगालगीका कारण करिब १४ लाख ७८ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।