संगालोखबर सम्वाददाता


बिराटनगर । झापाका अर्का व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालमा आइतबार गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केहि दिन अघि झापाका एक व्यक्तिमा कोरोना भेटिएको थियो । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उनको उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

Advertisement

झापामा संक्रमित थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या ३० पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!