सन्तोष रुचाल/संगालोखबर


धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका १ सय ४ जना धनकुटेलीलाई उद्धार गरेर जिल्ला ल्याइएको छ । धनकुटा नगर क्षेत्रका उनीहरुलाई दुईवटा बसमा राखेर जिल्ला ल्याइएको हो ।

हिजो बेलुका काठमाडौंबाट छुटेका बस आज अपरान्ह करिव ४ बजे जिल्ला सदरमुकाम आइपुगेका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरुलाई उद्धार गरेर घर फर्काइएको हो । सबैको गाडीभाडा नगरपालिकाले बेहोर्ने मेयर चिन्तन तामाङले जानकारी दिए । ‘प्रतिव्यक्ति १५ सय भाडा पर्ने रहेछ । सबैको भाडा नगरपालिकाले बेहोर्छ ।’ मेयर तामाङले भने ।

Advertisement

जिल्ला भित्रिएका सबैलाई भेडेटारमा स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुलाई अनिवार्य क्वारेनटाइनमा बस्न आग्रह गरिएको छ ।

अरुलाई ल्याउँन समस्या

यसैवीच काठमाडौंमा अलपत्र परेका धनकुटाका अन्य व्यक्तिहरुलाई जिल्ला ल्याउँन समस्या देखिएको छ । गृह मन्त्रालयले लकडाउन कडाई गर्ने निर्णय गरेसँगै गाडीलाई पास दिन कडाई गरिएपछि अलपत्र परेकाहरुलाई जिल्ला फर्काउन समस्या भएको हो ।

अलपत्र परेकाहरुलाई जिल्ला फर्काउँन काठमाडौंमा ९ वटा गाडी तयारी गरिएको भएपनि जिल्ला प्रशासन कार्यालय धनकुटाले सवारी सञ्चालनको पास उपलब्ध नगराउँदा समस्या भएको धनकुटा–काठमाडौं कोरोना विपद सहयोग समितिका संयोजक हेमराज भण्डारीले जानकारी दिए । ‘हामीले अलपत्र परेकाहरुलाई घर फर्काउँन काठमाडौंमा सबै तयारी गरेका छौ । तर, जिल्लाबाट पासको व्यवस्था नमिल्दा गाडी पठाउँन सकिएको छैन ।’ भण्डारीले संगालोखबरसँग भने ‘जिल्ला प्रशासन कार्यालयले पास दिने वित्तिकै गाडी पठाउँन पर्खिएर बसेका छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!