संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सोमबारसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार ८ सय २८ जना र ल्याबमा ‘स्वाब’ ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९ सय ८१ जनाको परीक्षण भएको छ ।

Advertisement

जसमध्ये प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेनटाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म २ हजार ९२ पुगेको छ ।

यता, प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!