प्रदेश १ मा थपिए ९२ कोरोना संक्रमित, ५० डिस्चार्ज

प्रदेश १ मा थपिए ९२ कोरोना संक्रमित, ५० डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । ४९५ जनाको पीसीआर परीक्षण गर्दा झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०/२०, धनकुटा र उदयपुरमा २/२ तथा पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २/२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १/१, सुनसरीक...
धनकुटामा यसै आर्थिक बर्षभित्र सय बेडको अस्पताल सञ्चालन हुन्छ: मन्त्री घिमिरे

धनकुटामा यसै आर्थिक बर्षभित्र सय बेडको अस्पताल सञ्चालन हुन्छ: मन्त्री घिमिरे

धनकुटा । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्रै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने बताएका छन् । जनस्वास्थ्य प्रयोगशाला विराटनगर बाहेक प्रदेशमै पहिलो पटक धनकुटामा शुरु भएको पाठेघरको मुखको क्यान्सर परिक्षणको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । धनकुटामा बन्न लागेको शिक्षण अस्पतालको प्रारम्भिक चरण अन्तरगत चालु आर्थिक बर्षभित्रै एक सय बेड...
तेजपातले उचित मूल्य नपाउँदा उदयपुरका कृषक मारमा

तेजपातले उचित मूल्य नपाउँदा उदयपुरका कृषक मारमा

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश...
सुनसरीमा ट्याक्टरको ठक्करबाट १० बर्षीया बालिकाको मृत्यु

सुनसरीमा ट्याक्टरको ठक्करबाट १० बर्षीया बालिकाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा आज ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १० बर्षीया रेहना खातुन छन् । विहान करिव पौने १० बजे को.२ त.२०२३ नम्बरको ट्याक्टरले को.११ प.१२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकी खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्क...
भोजपुरमा सालकको खपटासहित एक जना पक्राउ

भोजपुरमा सालकको खपटासहित एक जना पक्राउ

भोजपुर । भोजपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख वन्यजन्तु सालकको खपटासहित स्थानीय ३५ बर्षीय ईच्छाकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा हर्कपुर प्रहरी चौकीबाट खटिएको टोलीले राईलाई १.५ किलोग्राम सालकको खपटासहित पक्राउ गरेको हो । पक्राउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोलुखुम्बुमा ड्यूटीमै रहेका बेला असईको मृत्यु

सोलुखुम्बुमा ड्यूटीमै रहेका बेला असईको मृत्यु

सोलुखुम्बु । फाप्लु विमानस्थलमा कार्यरत एक प्रहरीको ड्यूटीमा रहेकै बेला मृत्यु भएको छ । ड्यूटीमा खटिएकै बेला हृदयघातका कारण ५० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) चित्रबहादुर गुरुङको मृत्यु भएको हो । अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भ...
पाँचथरमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, दुई घाईते

पाँचथरमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, दुई घाईते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ स्थित मेची राजमार्गमा गएराती पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । फिदिमबाट जोरसाल जाने क्रममा स्वच्छन्द कन्काई निर्माण सेवाको बा.१९ च. ५७३६ नम्बरको पिकअप सडक बिभाग छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम–१ का अर्जुन शङ्करको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । धरान उपमहानगरपालिका–१ क...
इलामको माङसेबुङमा सार्वजनिक विदा

इलामको माङसेबुङमा सार्वजनिक विदा

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा बिहिबार इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकले धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा एक दिन (मंसिर १८ गते) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, बिद्यालयहरु र अन्य संघसंस्थाहरु विदा हुँने गाउँपालिकाले जनाएको छ । माङसेबुङ ...
धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी

धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी

धनकुटा । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको मृत्यु शंकास्पद रहेको भन्दै तत्कालिन बाहिनीपतिसहित १४ जनाबिरुद्द मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । सुनसरीको रामधुनी–३ का मृतक भट्टराईकी श्रीमती कमलाले घटना भएको ६ महिनापछि जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएकी हुन् । हिलेस्थित सेनाको २ नं. बाहिनीका तत्कालिन बाहिनीपति यमप्रसाद ढक...
प्रदेश १ मा थपिए १७० कोरोना संक्रमित, ९२ डिस्चार्ज

प्रदेश १ मा थपिए १७० कोरोना संक्रमित, ९२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । ८३५ जनाको पीसीआर परीक्षण गर्दा ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा ९ जना प्रदेश १ बाहिरका पनि छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २/२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको...
सहिदभूमिमा वडा कार्यालय भवन उद्घाटन

सहिदभूमिमा वडा कार्यालय भवन उद्घाटन

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका वडा नं. ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुली र गाँउपालिका अध्यक्ष मनोज राईले रिवन काटेर कार्यालय भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद पराजुलीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउँन सहिदभूमिवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिले जनताको चाहना अनरुप काम गरिरहेको भन्दै उनले जनत...
इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ...
प्रदेश १ मा थपिए २१३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २१३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार २१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५/५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३/३, सुन्दरहरैंचा र कानेपोखरीमा २/२, रंगेली, ग्रामथ...
कुटपिटबाट घाईते भएका प्रधानको मृत्यु, तीन पक्राउ

कुटपिटबाट घाईते भएका प्रधानको मृत्यु, तीन पक्राउ

झापा । कुटपिटबाट घाईते भएका झापाको मेचीनगर नगरपालिका–४ का पुर्णबहादुर प्रधानको मृत्यु भएको छ । आईतवार राती सवा ८ बजे कुटपिटबाट घाईते भएका ५० बर्षीय प्रधानको उपचारका क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो । प्रधानलाई कुटिपट गर्ने स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सामान्य बादबिबादका क्रममा प्रध...
भोजपुरबाट हेलिकप्टरमा राखेर सुत्केरीलाई पठाईयो धरान

भोजपुरबाट हेलिकप्टरमा राखेर सुत्केरीलाई पठाईयो धरान

भोजपुर । बच्चा जन्माउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुरकी एक सुत्केरी महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धरान पठाईएको छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुर–४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठलाई उद्धार गरेर धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत काठमाडौंबाट हेलिकप्टर मगाएर सुत्केरीला...
दुहवीमा १७ बर्षीय बालकको हत्या, तीन जना पक्राउ

दुहवीमा १७ बर्षीय बालकको हत्या, तीन जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजन नारायण चौधरीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहान करिब ५ बजे दुहवी–२ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्ड उत्तर पट्टीको घारीमा चौधरीको शव फेला परेको हो । उनी गत बुधबारदेखि सम्पर्कबिहिन थिए । खोजतलासका लागि परिवारका सदस्यले प्रहरीमा निवेदन दिएका थिए । खोजतलास तथा अनुसन्धान शुरु गरेको प्रहरीले बेपत्ता बनाएको आशांकामा दुहव...
झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो करिव २ बजे उनीहरुलाई पक्राउ गरेको हो । मे.५ प.५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्दा २३ ग्राम लागुऔषध ब्राउनसुगर ...
आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

धनकुटा । आठपहरिया जातिको महान चाड वाडाङ्मेट सोमबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मूख्य बसोबास रहेका आठपहरिया जातिले मूख्य पर्वको रुपमा वाडाङ्मेट मनाउँने गर्छन् । मंसिरे चाडको रुपमा पनि लिईने यो पर्व कार्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधाम मनाउँने गरिन्छ । पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाई गरी मनाउने चलन...
धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार नगरक्षेत्रमा सार्वजनिक विदा दिएको छ । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको वाडङ्मेट चाडको अवसरमा एक दिन विदा दिईएको धनकुटा नगरपालिकाले जनाएको छ । नगरपालिकाले विदा दिएपनि प्रदेश र संघीय कार्यालय भने खुल्नेछन् । नगरपालिका अन्तर्गतका कार्यालय, स्वास्थ्य सस्था र शिक्षण सस्था विदा हुँने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । उनका अनुसा...
प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार १६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३/३ तथा पाँचथर र ताप्लेजुङमा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैंचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २/२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण द...
सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरी । हत्या गरेर फरार भएको १३ बर्षपछि सुनसरीका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीको ०७१ साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २० बर्ष कैद सजाय तोकिएका ३२ बर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धामी लगायत उनका साथीले ०६४ बैशाख २८ गते साथीको बिवाहमा जन्ती गएका बेला तत्कालिन एकम्बा गाबिस–४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी भागेक...
सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । विहान करिव ८ बजे सुन्दरहरैंचा–८ सलकपुरस्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख.३४१० नम्बरको बसले को.२१ प.५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुँनेमा सुन्दरहरैंचा–७ का ४० बर्षीय बिजेस लिम्बु छन् । बसको ठक्करबाट गंभीर घाईते भएका लिम्बूको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा सवा ...
मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिराटनगर । मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराती करिव ९ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा को.२ त.३१९६ नम्बरको ट्याक्टरले को.३८ प.१६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुन्दरहररैंचा–५ का ४२ बर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट घाईते भएका चौधरीकोे उपचारका क्रममा करिव १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्या...
प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

विराटनगर । प्रदेश १ का थप १७० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका ५३, झापाका ४९, मोरङका ३६, इलामका १७, पाँचथरका ६, धनकुटाका ४, उदयपुरका २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरका १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२ तथा भोक्राहानरसिंहमा १ जना संक्रमित भएका छन् । झापाको दमकमा २२, विर्ता...
ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीको मृत्यु

ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न आएकी एक तीर्थयात्री महिलाको शुक्रबार मृत्यु भएको छ । मन्दिरमा बेहोस भएर विराटनगर महानगरपालिका–६ की ३० बर्षीया सावित्री खड्का चापागाईंको मृत्यु भएको हो । मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीले उनलाई स्टेचरमा बोकेर काफ्लेपाटीसम्म ल्याएका थिए । त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको माथिल्लो फ...
प्रदेश १ मा २११ कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

प्रदेश १ मा २११ कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार २११ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २ तथा उदयपुर र धनकुटामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०/१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २/२, हल्दिबारी, ग...
ताप्लेजुङको फुङ्लिङ बजार पुनः बन्द हुने

ताप्लेजुङको फुङ्लिङ बजार पुनः बन्द हुने

फुङलिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । फुङलिङ नगरापालिकामा पर्ने सो बजार चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ । दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द...
उर्लाबारीमा जुवातास खेल्ने सात जना पक्राउ

उर्लाबारीमा जुवातास खेल्ने सात जना पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझ ६ बजे स्थानीय एक घरमा जुवा तास खेलिरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लाबारी–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, ...
प्रदेश १ मा थपिए १९७ कोरोना संक्रमित, २०२ डिस्चार्ज

प्रदेश १ मा थपिए १९७ कोरोना संक्रमित, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३ तथा संखुवासभामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण ...
उदयपुरमा बम बिस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उदयपुरमा बम बिस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट गराएको आरोपमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली–५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली–१ ओख्लेका रितु विक छन् । गत शनिवार ताम्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको थियो । बिस्फोटबाट कार्यालयको ढोका, टेबल, कुर्सी, प्रिन्टर र भवनमा क्षति पुग...
नेपालमै पहिलो पटक झापामा भेटियो ‘हरित परेवा’

नेपालमै पहिलो पटक झापामा भेटियो ‘हरित परेवा’

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले  मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलो पटक सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ । चराका बारेमा पुस्तक लेख्दै आएका डा.हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन्...
error: Content is protected !!