सन्तोष रुचाल/संगालोखबर

धनकुटा । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्रै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने बताएका छन् । जनस्वास्थ्य प्रयोगशाला विराटनगर बाहेक प्रदेशमै पहिलो पटक धनकुटामा शुरु भएको पाठेघरको मुखको क्यान्सर परिक्षणको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् ।

धनकुटामा बन्न लागेको शिक्षण अस्पतालको प्रारम्भिक चरण अन्तरगत चालु आर्थिक बर्षभित्रै एक सय बेडको अस्पताल सञ्चालन हुँने मन्त्री घिमिरेले बताए । जिल्ला अस्पताल धनकुटाको स्तरोन्नतिसँगै विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै १५ बेडबाट एक सय बेड निर्माणका लागि प्रदेश सरकारले १० करोड भन्दा बढी रकम धनकुटा अस्पतालका लागि विनियोजन गरी सकेको मन्त्री घिमिरेले जानकारी दिए ।

धनकुटासहित पूर्वी पहाडी जिल्लाका नागरिकहरुलाई सर्वसुलभ ढंगले विशेषज्ञ सेवा प्रभाव गर्ने उद्देश्यले धनकुटामा निर्माण हुन लागेको शिक्षण अस्पताल संचालनका लागि धनकुटा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी सकिएको जानकारी दिदै मन्त्री घिमिरेले सोही प्रतिष्ठानद्वारा शिक्षण अस्पताल संचालन हुने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!