धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिकाले आगामी आईतबार सार्वजनिक बिदा दिएको छ । किरात जातिको मूख्य पर्व पापानी (वाढाङ्मी) को अवसरमा एक दिन बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्रभित्र पापानी (वाढाङ्मी) पर्व बिशेष रुपमा मनाईने हुँनाले बिदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । विदाको दिन (मंसिर २१ गते) गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र विद्यालय बन्द हुँनेछन् ।
पापानीको अवसरमा सहिदभूमि गाउँपालिकाले गत बर्ष पनि बिदा दिएको थियो । सो क्षेत्रमा अधिकांस राई जातिको बसोबास रहेकाले उनीहरुले धुमधामका साथ पापानी मनाउँने गर्छन् ।