सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–८ स्थित भित्री सडकखण्डमा आज ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १० बर्षीया रेहना खातुन छन् ।
विहान करिव पौने १० बजे को.२ त.२०२३ नम्बरको ट्याक्टरले को.११ प.१२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकी खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरीको गढी–२ का ३५ बर्षीय अनिल उरावलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।