संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजन नारायण चौधरीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहान करिब ५ बजे दुहवी–२ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्ड उत्तर पट्टीको घारीमा चौधरीको शव फेला परेको हो ।

Advertisement

उनी गत बुधबारदेखि सम्पर्कबिहिन थिए । खोजतलासका लागि परिवारका सदस्यले प्रहरीमा निवेदन दिएका थिए । खोजतलास तथा अनुसन्धान शुरु गरेको प्रहरीले बेपत्ता बनाएको आशांकामा दुहवी नगरपालिका–२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्ने क्रममा झाले चौधरीलाई हत्या गरेर शव घारीमा फालेको बयान दिएका थिए ।

बेपत्ता भएको पाँच दिनपछि झाले बताएको स्थानमा बालक चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!