झापा । कुटपिटबाट घाईते भएका झापाको मेचीनगर नगरपालिका–४ का पुर्णबहादुर प्रधानको मृत्यु भएको छ । आईतवार राती सवा ८ बजे कुटपिटबाट घाईते भएका ५० बर्षीय प्रधानको उपचारका क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो ।
प्रधानलाई कुटिपट गर्ने स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सामान्य बादबिबादका क्रममा प्रधानलाई निर्घात कुटपीट गरेका थिए ।
पक्राउ परेकाहरुबिरुद्ध मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।