भोजपुर । भोजपुरमा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख वन्यजन्तु सालकको खपटासहित स्थानीय ३५ बर्षीय ईच्छाकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा हर्कपुर प्रहरी चौकीबाट खटिएको टोलीले राईलाई १.५ किलोग्राम सालकको खपटासहित पक्राउ गरेको हो । पक्राउ परेका राईका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।