- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिहिबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३ तथा संखुवासभामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको विर्तामोड र दमकमा १५/१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४/४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २/२ तथा गौरादहमा १ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २ र पाथीभरा याङवरकमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै, धनकुटाको महालक्ष्मीमा २ र धनकुटा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संखुवासभाको सभापोखरीमा पनि १ जना संक्रमित भेटिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४ सय ५९ पुगेको छ । जसमध्ये २१ हजार ४ सय ९१ जना निको भएका छन् ।

बिहिबार पनि प्रदेश १ का २०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९६ जना कोरोनामुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३/३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!