पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ स्थित मेची राजमार्गमा गएराती पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
फिदिमबाट जोरसाल जाने क्रममा स्वच्छन्द कन्काई निर्माण सेवाको बा.१९ च. ५७३६ नम्बरको पिकअप सडक बिभाग छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम–१ का अर्जुन शङ्करको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
धरान उपमहानगरपालिका–१ का पर्वत गुरुङ र झापा गरामुनि–१ का अर्जुन मगर गम्भीर घाईते छन् । झापाको विर्तासिटी अस्पतालमा उनीहरुको उपचार भईरहेको छ । अनियन्त्रित भई पिकअप सडकबाट करिब १५० मिटर तल खसेको छ ।