- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आईतबार १६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३/३ तथा पाँचथर र ताप्लेजुङमा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५३, सुन्दरहरैंचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २/२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । झापाको झापा गाउँपालिकामा १४, दमकमा ९, अर्जुनधारामा ६, विर्तामोड, भद्रपुर र हल्दिबारीमा २/२, गौरीगञ्ज, कनकाई र गौरादहमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । इलामको इलाम नगरपालिकामा २०, देउमाईमा १ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १०, इनरुवामा ३, बराहक्षेत्र र देवानगञ्जमा २/२, हरिनगर र दुहवीमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, संखुवासभाको खाँदबारीमा ४, चैनपुर, चिचिला, मकालु र पाँचखपनमा १/१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा ३, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १/१ र ताप्लेजुङको फुङलिङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६ जना कोरोनामुक्त भएका छन् । न्यूरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!