संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो करिव २ बजे उनीहरुलाई पक्राउ गरेको हो । मे.५ प.५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्दा २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!