- संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न आएकी एक तीर्थयात्री महिलाको शुक्रबार मृत्यु भएको छ । मन्दिरमा बेहोस भएर विराटनगर महानगरपालिका–६ की ३० बर्षीया सावित्री खड्का चापागाईंको मृत्यु भएको हो ।

मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीले उनलाई स्टेचरमा बोकेर काफ्लेपाटीसम्म ल्याएका थिए । त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी उमनाथ पौडेलले जानकारी दिए ।

श्रीमान् मनिष चापागाईं, ससुरालगायत परिवारका पाँच जना सदस्यसँग उनी मन्दिर दर्शनका लागि पाथीभरा आएकी थिईन् । अपरान्ह १ बजे मन्दिरमा पूजा गरेर बाहिर निस्कदा होमकुण्डमा लडेर उनी बेहोस भएकी थिईन् ।

मन्दिरबाटै अक्सिजनसहित अस्पताल ल्याइएपनि बचाउन नसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । अत्याधिक चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!