संगालोखबर सम्वाददाता

सोलुखुम्बु । फाप्लु विमानस्थलमा कार्यरत एक प्रहरीको ड्यूटीमा रहेकै बेला मृत्यु भएको छ । ड्यूटीमा खटिएकै बेला हृदयघातका कारण ५० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) चित्रबहादुर गुरुङको मृत्यु भएको हो ।

Advertisement

अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले बताए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भएका गुरुङ धरान–१५ बस्दै आएका थिए । उनी फाप्लु विमानस्थल सुरक्षा गार्ड ईन्चार्जको रुपमा कार्यरत थिए । उनको शवलाई परीक्षणपछि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!