संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का थप १७० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका ५३, झापाका ४९, मोरङका ३६, इलामका १७, पाँचथरका ६, धनकुटाका ४, उदयपुरका २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरका १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२ तथा भोक्राहानरसिंहमा १ जना संक्रमित भएका छन् । झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४/४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २/२, केराबारी, रंगेली र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १/१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तैगरी, धनकुटाको धनकुटा नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा र वेलकामा १/१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १/१ जना संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ । जसमध्ये २१ हजार ७ सय ६२ निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा शनिवार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!