संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार २११ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २ तथा उदयपुर र धनकुटामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०/१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २/२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५/५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६/६, रामधुनी र दुहवीमा १/१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीय तह नखुलेका १/१, इलामको सुर्योदय र माईजोगमाईमा २/२, चुलाचुली र मांसेबुङमा १/१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तैगरी, उदयपुरको रौतामाईमा १ र धनकुटामा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको छ । जसमध्ये २१ हजार ६ सय ७९ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा शुक्रबार १८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १७८ जना कोरोनामुक्त भएका छन् । विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!